Posts

ईएल क्लासिको खेल्ने रियल मड्रिड र बार्सिलोनाको टोली घोषणा : कोको परे त ?

Image
  कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनल खेलको लागि रियल मड्रिड र बार्सिलोनाले टोली घोषणा गरेका छन्। सेमिफाइनलको पहिलो लेग रियल मड्रिड ‌को घरेलु मैदान सान्टियागो बर्नाबेउमा नेपाली समयअनुसार बिहिबार राति १:४५ बाजे हुनेछ।  Real Madrid Squad  Courtois,Lunin, Kroos, Modrić, Camavinga ,Valverde, Tchouameni, Carvajal, D. Ceballos, E. Militão, Vallejo, Hazard, Nacho, Benzema,Odriozola, Asensio, Lucas V., Vini Jr., Rüdiger, Rodrygo,Mariano,Álvaro Barcelona Squad  1 TER STEGEN,  20 S. ROBERTO 4 R. ARAUJO 21 F. DE JONG 5 SERGIO 22 RAPHINHA 6 GAVI 23 KOUNDE 10 ANSU FATI 24 ERIC 11 FERRAN 28 BALDE 13 IÑAKI PEÑA 32 PABLO TORRE 15 CHRISTENSEN  36 ARNAU TENAS 17 MARCOS A. 38 A. ALARCÓN 18 JORDI ALBA  39 ESTANIS 19 KESSIE

आज रोनाल्डो विरुद्ध मेस्सी, नेइमार र एमबाप्पे

Image
 ‌ विश्व फूटबलका दुई सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी आज फेरी एकपटक आमने-सामने हुँदैछन् । आज रियाद अल-स्टार र पेरिस सेन्ट जर्मन(पीएसजी)बीच हुने मैत्रीपूर्ण खेलमा दुई खेलाडी भिड्न लागेका हुन् । किंङ फाहाद अन्तराष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १०:४५ बजे शुरु हुनेछ । साउदी प्रो लिगका दुई शीर्ष क्लब अल नासर र अल हिलालका खेलाडीहरु मिश्रीत गरेर रियाद अल-स्टारको टोली बनाइएको हो । रियादको कप्तानी रोनाल्डोले गर्नेछन् । जनवरीको शुरुवातमा युरोपियन फूटबलमा अपार सफलतापछि एसिया हाकिएका रोनाल्डो आज पहिलोपटक मैदान उत्रिंदै छन् । हालसम्म प्रतिबन्धको कारण एसियन फूटबलमा डेब्युको मौका नपाएका रोनाल्डोले आजको खेलमा डेब्यु गर्नेछन् । तर आधिकारिक डेब्युको लागि उनले आइतबारसम्म पर्खिनुपर्नेछ । रोनाल्डो विश्वकपपछि पहिलोपटक मैदान उत्रिन लागेका हुन् । मैत्रीपूर्ण खेल भएपनि रियाद आज जीत निकाल्ने मनसाय सहित मैदान उत्रिनेछ । यता घरेलु लिगको पछिल्लो खेलमा पराजीत भएको पीएसजी आजको खेलमा जीत निकाल्दै लयमा फर्किन चाहन्छ । लिगमा अपराजीत रहेको पीएसजी नयाँ वर्षको पहिलो दिनमै लेन्स...

रोनाल्डोले पियसजी विरुद्ध रियादको कप्तानी गर्ने

Image
  पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)विरुद्ध हुने मैत्रीपूर्ण खेलमा रियाद एफसीको तर्फबाट कप्तानी गर्ने भएका छन् । साउदी प्रो लिगका दुई क्लब अल नासर र अल हिलालका खेलाडीहरु सम्मीलित रियाद एफसीले जनवरी १९ मा घरेलु मैदानमा पीएसजीको सामना गर्दैछ । साउदीका दुई शीर्ष क्लब अल नासर र अल हिलालका उत्कृष्ट खेलाडी समेटेर पीएसजीविरुद्ध खेल्ने टोली घोषणा गरिएको हो । साउदी अरेबियाका मनोरञ्जनका वर्तमान अध्यक्ष टुर्की अल-शेखले सामाजिक सञ्जाल ट्वीटरमा रोनाल्डोलाई कप्तानको आमब्याण्ड लगाइदिइदै जर्सी प्रदान गरेको भिडियो सार्वजानिक गरेका थिए । हालसम्म साउदीमा डेब्यु नगरेका रोनाल्डोले यसै खेलमार्फत एसियन फूटबलमा डेब्यु गर्ने पक्का भएको छ । यस्तै विश्व फूटबलका दुई हस्ती रोनाल्डो र लियोनल मेस्सी फेरी एकपटक आमने सामने हुने भएका छन् । रोनाल्डोले युरोपियन फूटबल छोडेदेखि दुई टोली पहिलोपटक मैदान उत्रिन लागेका हुन् । यसअघि दुई खेलाडी संन् २०२० डिसेम्बरमा भिडेका थिए । च्याम्पियन्स लिग अन्तर्गत भएको उक्त खेलमा रोनाल्डो सम्मीलित युभेन्टसले मेस्सी सम्मीलित बार्सिल...

प्रिमियर लिग : आज युनाइटेड र सिटीको महाभिडन्त

Image
 इङ्लिस प्रिमियर लिगमा आज म्यानचेस्टर डर्बी भिडन्त हुँदै छ ।  डर्बी खेलका लागि आज म्यानचेस्टर युनाइटेडले सहरी प्रतिद्वन्दी म्यानचेस्टर सिटीलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दै छ। खेल ओल्ड ट्राफोर्ड रङ्गशालामा नेपाली समय अनुसार  साझ ६:१५ बाट सुरु हुने छ।  हाल अङ्क तालिकामा ३५ अङ्कका साथ युनाइटेड चौथो स्थानमा रहेको छ भने सिटी ३९ अङ्कका साथ दोस्रो स्थानमा छ। आज स्पष्ट जितका साथ युनाइटेडले अङ्क दुरी कम गर्न चाहन्छ भने सिटी जितेर स्पष्ट ७ अङ्कको दुरी बनाउन चाहन्छ।  यि दुई बिचको अघिल्लो खेलमा सिटीले युनाइटेडलाई ६ ३ गोल अन्तरले पराजित गरेको थियो। आज आफ्नै घरमा उत्रँदा युनाइटेड उक्त हारको बदला लिने दाउमा हुनेछ। 

पुर्व कप्तान सन्दिप लामिछाने २० लाख धरौटीमा रिहा

Image
  राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन् ।  पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो । उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनले आदेश गरेको हो।  गत भदौ २० गते एक किशोरीले बलात्कारको आरोपमा सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । 

रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा

Image
  एजेन्सी । रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराउँदै म्याड्रिड सुपर कपको फाइनलमा प्रवेश गरेको हो । म्याड्रिडलाई पेनाल्टीमा जीत दिलाउन करिम बेन्जिमा, लुका मोड्रिक, टोनी क्रुस र मार्को एसेन्सियोले गोल गरे । भ्यालेन्सियाको लागि एडिन्सन काभानी, इलेक्स मोरिबा र हुगो गुइलामोनले गोल गर्दा यारी कोमेर्ट र जोसे गया चुके । यसअघि साउदी अरेबियाको किंङ फाहद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा रियल म्याड्रिडको लागि करिम बेन्जिमा र भ्यालेन्सियाको लागि सामुएल डियास लिनोले गोल गरेका थिए । खेलको ३९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा टोनी लाटोको पासमा लिनोले गोल गर्दै भ्यालेन्सियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । निर्धारित समयमा थप गोल हुन नसकेकोपछि अतिरिक्त समयमा धकेलिएको खेलमापनि कुनै नतिजा नआएपछि विजेताको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टी सुटआउटमा म्याड्रिड भाग्यमानी रह्यो । अब म्याड्रिडले आइतबार हुने फाइनल खेलमा आज हु...

दुई खेलमा ३६ कार्ड देखाएका रेफ्रीले सन्यास लिदै

Image
पछिल्ला दुई   खेलमा ३६ कार्ड देखाएर बिवादित बनेका स्पेनिस रेफ्री माटेउ लाहोजले रेफ्री करियरबाट सन्यास लिने भएका छन्। उनले यसै सिजन २०२२-२३ को अन्त्यमा सन्यास लिने स्पेनिस मिडियाले उल्लेख गरेका छन्।  कतार विश्वकपको अर्जेन्टिना र नेदरल्यान्ड्स बिचको क्वाटरफाइनल खेलमा १८ ओटा पहेंलो कार्ड र एउटा रातो कार्ड तथा केही दिन अघि बार्सिलोना र स्पानियोल बीचको खेलमा १५ ओटा पहेंलो कार्ड देखाएर बिवादित बनेका थिए। 

प्रिमियर लिगमा चेल्सी माथी म्यानचेस्टर सिटीको साघुरो जित

Image
 प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा चेल्सी माथी म्यानचेस्टर सिटीले 0 का बिरुद्ध १ को साघुरो जित हासिल गरेको छ। चेल्सीको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि खेलको 63औ मिनेटमा रियाद महरेजको गोल नै निर्णायक गोल बन्यो।  यो जित संगै सिटी 39 अङ्कका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ भने चेल्सी 25 अङ्कका साथ तालिकाको दसौं स्थानमा रहेको छ। प्रिमियर लिगको शीर्ष स्थानमा भने 44 अङ्कको साथ आर्सनल रहेको छ।