रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा
- Get link
- X
- Other Apps
एजेन्सी । रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराउँदै म्याड्रिड सुपर कपको फाइनलमा प्रवेश गरेको हो ।
म्याड्रिडलाई पेनाल्टीमा जीत दिलाउन करिम बेन्जिमा, लुका मोड्रिक, टोनी क्रुस र मार्को एसेन्सियोले गोल गरे । भ्यालेन्सियाको लागि एडिन्सन काभानी, इलेक्स मोरिबा र हुगो गुइलामोनले गोल गर्दा यारी कोमेर्ट र जोसे गया चुके ।
यसअघि साउदी अरेबियाको किंङ फाहद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा रियल म्याड्रिडको लागि करिम बेन्जिमा र भ्यालेन्सियाको लागि सामुएल डियास लिनोले गोल गरेका थिए । खेलको ३९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा टोनी लाटोको पासमा लिनोले गोल गर्दै भ्यालेन्सियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
निर्धारित समयमा थप गोल हुन नसकेकोपछि अतिरिक्त समयमा धकेलिएको खेलमापनि कुनै नतिजा नआएपछि विजेताको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टी सुटआउटमा म्याड्रिड भाग्यमानी रह्यो ।
अब म्याड्रिडले आइतबार हुने फाइनल खेलमा आज हुने बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग खेल्नेछ ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment