रोनाल्डोले पियसजी विरुद्ध रियादको कप्तानी गर्ने
- Get link
- X
- Other Apps
पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)विरुद्ध हुने मैत्रीपूर्ण खेलमा रियाद एफसीको तर्फबाट कप्तानी गर्ने भएका छन् । साउदी प्रो लिगका दुई क्लब अल नासर र अल हिलालका खेलाडीहरु सम्मीलित रियाद एफसीले जनवरी १९ मा घरेलु मैदानमा पीएसजीको सामना गर्दैछ ।
साउदीका दुई शीर्ष क्लब अल नासर र अल हिलालका उत्कृष्ट खेलाडी समेटेर पीएसजीविरुद्ध खेल्ने टोली घोषणा गरिएको हो । साउदी अरेबियाका मनोरञ्जनका वर्तमान अध्यक्ष टुर्की अल-शेखले सामाजिक सञ्जाल ट्वीटरमा रोनाल्डोलाई कप्तानको आमब्याण्ड लगाइदिइदै जर्सी प्रदान गरेको भिडियो सार्वजानिक गरेका थिए । हालसम्म साउदीमा डेब्यु नगरेका रोनाल्डोले यसै खेलमार्फत एसियन फूटबलमा डेब्यु गर्ने पक्का भएको छ ।
यस्तै विश्व फूटबलका दुई हस्ती रोनाल्डो र लियोनल मेस्सी फेरी एकपटक आमने सामने हुने भएका छन् । रोनाल्डोले युरोपियन फूटबल छोडेदेखि दुई टोली पहिलोपटक मैदान उत्रिन लागेका हुन् । यसअघि दुई खेलाडी संन् २०२० डिसेम्बरमा भिडेका थिए । च्याम्पियन्स लिग अन्तर्गत भएको उक्त खेलमा रोनाल्डो सम्मीलित युभेन्टसले मेस्सी सम्मीलित बार्सिलोनालाई ३-० गोलले हराएको थियो । हाल भने रोनाल्डो साउदीको उत्कृष्ट ११ बाट मैदान उत्रिनेछन् भने मेस्सी पीएसजीबाट खेल्नेछन् ।
गत अप्रिलमा म्यानचेस्टर युनाइटेडबाट खेल्ने क्रममा इंग्लिस प्रिमियर लिगको खेलमा एभर्टनसँग पराजीत भएसँगै एक एभर्टनका समर्थकको मोबाइल फालेपछि उनलाई इंग्लिस फूटबल संघले दुई खेलको प्रतिबन्ध सुनाएको थियो । त्यसैले रोनाल्डोले हालसम्म डेब्यु गर्ने मौका पाएका थिएनन् । जसको कारण उनले अल नासरको दुई खेल गुमाएका थिए ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment