आज रोनाल्डो विरुद्ध मेस्सी, नेइमार र एमबाप्पे
- Get link
- X
- Other Apps
विश्व फूटबलका दुई सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी आज फेरी एकपटक आमने-सामने हुँदैछन् । आज रियाद अल-स्टार र पेरिस सेन्ट जर्मन(पीएसजी)बीच हुने मैत्रीपूर्ण खेलमा दुई खेलाडी भिड्न लागेका हुन् । किंङ फाहाद अन्तराष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १०:४५ बजे शुरु हुनेछ ।
साउदी प्रो लिगका दुई शीर्ष क्लब अल नासर र अल हिलालका खेलाडीहरु मिश्रीत गरेर रियाद अल-स्टारको टोली बनाइएको हो । रियादको कप्तानी रोनाल्डोले गर्नेछन् । जनवरीको शुरुवातमा युरोपियन फूटबलमा अपार सफलतापछि एसिया हाकिएका रोनाल्डो आज पहिलोपटक मैदान उत्रिंदै छन् । हालसम्म प्रतिबन्धको कारण एसियन फूटबलमा डेब्युको मौका नपाएका रोनाल्डोले आजको खेलमा डेब्यु गर्नेछन् । तर आधिकारिक डेब्युको लागि उनले आइतबारसम्म पर्खिनुपर्नेछ । रोनाल्डो विश्वकपपछि पहिलोपटक मैदान उत्रिन लागेका हुन् । मैत्रीपूर्ण खेल भएपनि रियाद आज जीत निकाल्ने मनसाय सहित मैदान उत्रिनेछ ।
यता घरेलु लिगको पछिल्लो खेलमा पराजीत भएको पीएसजी आजको खेलमा जीत निकाल्दै लयमा फर्किन चाहन्छ । लिगमा अपराजीत रहेको पीएसजी नयाँ वर्षको पहिलो दिनमै लेन्ससँग ३-१ गोलको बार बेहोरेसँगै अपराजीत यात्रामा पूर्णविराम लागेको थियो ।
तर आजको खेललाई विशेष रोनाल्डो विरुद्ध मेस्सीको रुपमा हेरिएको छ । झन्डै दुई दशक दुई खेलाडी विश्व फूटबलको शीर्ष स्थानमा रहँदै आएका थिए । समाग्रमा १२ पटक बेलन डी’ओर जितेका दुई खेलाडीको खेललाई रोमान्चकताको रुपमा हेरिदै आएको छ ।
पछिल्लोपटक दुई खेलाडी सन् २०२० अक्टोबरमा आमने सामने भएका थिए । उक्त खेलमा रोनाल्डो सम्मीलित युभेन्टसले च्याम्पियन्स लिगको खेलमा मेस्सीको बार्सिलोनालाई ३-० गोलले हराएको थियो । त्यसपछि दुई खेलाडी पहिलोपटक भिड्न लागेका हुन् । मेस्सीले एक महिना अगाडि मध्य एसिया कतारमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताएका थिए ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment