ईएल क्लासिको खेल्ने रियल मड्रिड र बार्सिलोनाको टोली घोषणा : कोको परे त ?

Image
  कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनल खेलको लागि रियल मड्रिड र बार्सिलोनाले टोली घोषणा गरेका छन्। सेमिफाइनलको पहिलो लेग रियल मड्रिड ‌को घरेलु मैदान सान्टियागो बर्नाबेउमा नेपाली समयअनुसार बिहिबार राति १:४५ बाजे हुनेछ।  Real Madrid Squad  Courtois,Lunin, Kroos, Modrić, Camavinga ,Valverde, Tchouameni, Carvajal, D. Ceballos, E. Militão, Vallejo, Hazard, Nacho, Benzema,Odriozola, Asensio, Lucas V., Vini Jr., Rüdiger, Rodrygo,Mariano,Álvaro Barcelona Squad  1 TER STEGEN,  20 S. ROBERTO 4 R. ARAUJO 21 F. DE JONG 5 SERGIO 22 RAPHINHA 6 GAVI 23 KOUNDE 10 ANSU FATI 24 ERIC 11 FERRAN 28 BALDE 13 IÑAKI PEÑA 32 PABLO TORRE 15 CHRISTENSEN  36 ARNAU TENAS 17 MARCOS A. 38 A. ALARCÓN 18 JORDI ALBA  39 ESTANIS 19 KESSIE

युरोपा लिगमा आज बार्सिलोना र म्यानचेस्टर युनाइटेड भिड्दै



यूईएफए युरोपा लिग फुटबलमा आज अन्तिम १६ प्रवेशका लागि नकआउट प्ले अफ चरणका खेलहरू हुँदैछन् । १६ टिमले ८ खेलमा प्लेफ खेल्नेछन् प्लेअफमा युरोपा लिगको समूह चरणका खेलमा दोस्रो स्थानमा रहेका ८ टिम (C समूहका ८ टिम) र च्याम्पियन्स लिगको समूह चरणका तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट आउट भएका ८ (८ समूहका ८ टिम) टिम गरी १६ टिमबी ड्र गराइन्छ । यो प्लेअफ खेलेर विजेता बनेका टिमले युरोपा लिगको समूह चरणमा आफ्नो समूहको विजेता बनेर सोझै अन्तिम १६ प्रवेश गरेका ८ टिम बीच ड्र गराइन्छ ।
यसको अर्थ युरोपा लिगको समूह चरणमा समूह विजेता बनेका ८ टिमले सोझै अन्तिम १६ मा प्रवेश पाउँछन् तर, दोस्रो स्थानमा रहेका ८ टिमले भने च्याम्पियन्स लिगको समूह चरणमा तेस्रो बनेर आउट भएका टिमसँग प्लेअफमा प्रतिस्र्धा गर्नुपर्छ । यो प्लेअफ जितेका टिमले सोझै युरोपा लिगको समूह चरणमा विजेता बनेका टिमसँग खेल्नुपर्ने छ । प्लेअफमा पनि होम एन्ड अवे गरी २ लेगका खेल हुनेछन् । जहाँ समग्रमा जित निकाल्ने टिम अन्तिम १६ मा प्रवेश गर्नेछन् ।

नकआउट प्ले अफ चरणका ८ वटा सबै खेल आज राति दुई फरक-फरक समयमा हुनेछन् ४ खेल एक समय र बाँकी ४ खेल अर्को समयमा हुनेछन् । प्ले अफ चरणमा हुने खेल मध्ये सबैभन्दा हेभिवेट र रोमाञ्चक खेलमा स्पेनको क्लब बार्सिलोना र इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेड बीच हुनेछ
च्याम्पियन्स लिगका पूर्वच्याम्पियन क्लब समेत रहेका यी दुईले यसपटक युरोपा लिगको अन्तिम १६ प्रवेशका लागि प्लेअफमा खेल्न लागेका हुन् । बार्सिलोना पछिल्ला दुई सिजन लगातार ब्याक टु ब्याक च्याम्पियन्स लिगको समूह चरणबाटै आउट भएर युरोपा लिग खेलिरहेको

छ ।

प्लेअफको सबैभन्दा आकर्षक खेलमा बार्सिलोना र युनाइटेड भिड्दा पहिलो लेगको खेल आज राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा ठीक ११:३० बजेबाट हुने तालिका रहेको छ । बार्सिलोना र युनाइटेड अन्तिमपटक सन् २०१९ मा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भिडेका थिए । जहाँ लियोनल मेस्सी र फिलिपे कोटिन्हो सहितको बार्सिलोनाले युनाइटेडलाई समग्रमा ४–० को - फराकिलो अन्तरमा पराजित गरेको थियो । दोस्रो लेग बार्सिलोनाको घरमा हुँदा सो खेलमा
मेस्सीले २ गोल र कोउटिन्होले पनि १ गोल गरेका थिए सो खेल भएको ४ वर्षपछि यी दुई टिमको भेट युरोपा लिगमा हुन लागेको हो ।

प्लेअफमा हुने अन्य आकर्षक खेलहरूमा अस्ट्रियाको क्लब आरबी साल्नवर्ग भर्सेस इटालीको रोमा भिड्नेछन् । नेदरल्यान्ड्सको आयाक्स र जर्मनीको क्लब युनियन बर्लिनको खेल पनि हुनेछ त्यसैगरी, इटालीको युभेन्टस र फ्रान्सको नान्टेस पनि भिड्नेछन् । जर्मनीको बायर लेभरकुसेन र फ्रान्सको मोनाको बीचको खेल पनि आजै हुनेछ । सुरुआती ४ खेल राति ११:३० बजेबाट र बाँकी ४ खेल मध्यराति १:४५ बजेबाट सुरु हुनेछन् ।

Comments

Popular posts from this blog

लिभरपुलको धुलाई गर्दै रियल मड्रिडले गर्यो उत्कृष्ट कमब्याक जित

रोनाल्डोको २ असिस्टमा अल नासरको जित

प्रिमियर लिग : आज युनाइटेड र सिटीको महाभिडन्त