Posts

Showing posts from February, 2023

ईएल क्लासिको खेल्ने रियल मड्रिड र बार्सिलोनाको टोली घोषणा : कोको परे त ?

Image
  कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनल खेलको लागि रियल मड्रिड र बार्सिलोनाले टोली घोषणा गरेका छन्। सेमिफाइनलको पहिलो लेग रियल मड्रिड ‌को घरेलु मैदान सान्टियागो बर्नाबेउमा नेपाली समयअनुसार बिहिबार राति १:४५ बाजे हुनेछ।  Real Madrid Squad  Courtois,Lunin, Kroos, Modrić, Camavinga ,Valverde, Tchouameni, Carvajal, D. Ceballos, E. Militão, Vallejo, Hazard, Nacho, Benzema,Odriozola, Asensio, Lucas V., Vini Jr., Rüdiger, Rodrygo,Mariano,Álvaro Barcelona Squad  1 TER STEGEN,  20 S. ROBERTO 4 R. ARAUJO 21 F. DE JONG 5 SERGIO 22 RAPHINHA 6 GAVI 23 KOUNDE 10 ANSU FATI 24 ERIC 11 FERRAN 28 BALDE 13 IÑAKI PEÑA 32 PABLO TORRE 15 CHRISTENSEN  36 ARNAU TENAS 17 MARCOS A. 38 A. ALARCÓN 18 JORDI ALBA  39 ESTANIS 19 KESSIE

चेल्सीको बिजोक : १ महिनामा १ गोल

Image
  इङ्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा टोटनह्यामले चेल्सी विरुद्ध २ ० को जित निकालेको छ। टोटनह्यामको जितमा स्किपले खेलको ४६औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो गोल ह्यारी केनले खेलको ८६औ मिनेटमा गरि टोलीलाई दोब्बरको अग्रता दिलाएका थिए।  यो हार संगै चेल्सीले लगातार तेस्रो हार बेहोरेको छ। यो सिजन खराब लयमा गुज्रिरहेको चेल्सीले यो फेब्रुअरी महिनामा मात्र १ गोल गरेको छ ।

रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित : उक्लियो शीर्षस्थानमा

Image
  साउदी प्रो लिग अन्तर्गत अल नासरले जित हासिल गरेको छ। स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गोल सङ्गै अल नासरले जित हासिल गरेको हो।  डेमाकल घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले १८औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए लगत्तै त्यसको ५ मिनेट पछि अर्को उत्कृष्ट गोल गर्दै टोलीलाई २ गोलको अग्रता दिलाए भने तेस्रो गोल खेलको ४४औ मिनेटमा गर्दै ह्याट्रिक पुरा गरे।  अब यो जित संगै अल नासर शिर्ष स्थानमा उक्लेको छ। 

पहिलो हाफमै रोनाल्डोको ह्याट्रिक

Image
  साउदी प्रो लिग अन्तर्गत अल नासर र डेमाक विरुद्धको खेलमा पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन्। डेमाकको घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले १८औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। लगत्तै त्यसको ५ मिनेट पछि अर्को उत्कृष्ट गोल गरे।र ४४औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका छन्। 

ला लिगामा आज रियल मड्रिड र एथ्लेटिको मड्रिड भिड्दै

Image
  ला लिगामा आज रियल मड्रिड र एथ्लेटिको मड्रिड बिच खेल हुदै छ। खेल रियल मड्रिडको घरेलु मैदानमा नेपाली समय अनुसार शनिबार राति ११:१५ बजेबाट शुरु हुने छ।  https://silldisappoint.com/z04grs8r?key=bf2954800f50c406f997283ff0bd9529 आजको खेल जिती रियल मड्रिडले बार्सिलोना सँगको अङ्क दुरी कम गर्न चाहन्छ तर रियलका लागि भने यो सजिलो छैन। आफ्ना सम्पुर्ण पहिलो रोजाइका खेलाडी लाई मैदानमा उतार्ने एथ्लेटिको मड्रिड सङ्ग खेल्दा भने रियल मड्रिडका केही महत्वपूर्ण खेलाडी हुने छैनन्। जसमा युवा फरवार्ड रोड्रिगो, डिफेन्डर डेबिड अलाबा र फर्लान मेन्डि छन्। 

आज रोनाल्डोको अल नासर खेल्दै

Image
साउदी प्रो लिग अन्तर्गत आज क्रिस्टियानो रोनाल्डोको अल नासर र डेमाक भिड्दै छन् । डेमाकको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार शनिबार राति ९:१५ बजे सुरु हुनेछ। आजको खेलका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो उपलब्ध हुने छन्। आजको खेल जिते रोनाल्डोको टिम अल नासर अङ्क तालिकाको शीर्ष स्थानमा पुग्ने छ।   

एथ्लेटिको मड्रिड सङ्ग खेल्नु अघि रियल मड्रिडलाई चोटले सतायो

Image
  ला लिगा अन्तर्गत एथ्लेटिको मड्रिड सङ्ग खेल्नु अघि रियल मड्रिडका प्रमुख २ खेलाडी घाइते भएका छन्। च्याम्पियन्स लिगमा लिभरपुल बिरुद्धको खेलमा युवा फरवार्ड रोड्रिगो र डिफेन्डर डेबिड अलाबा चोटका कारण मैदान छाडेका थिए।  त्यसै त चोटले सताएको मड्रिडलाई यि खेलाडी चोटिल हुँदा झन समस्या थपिएको छ । रियल म्याड्रिडका जोडी डेभिड अलाबा र रोड्रिगोले चोटका कारण शनिबार हुने एट्लेटिको म्याड्रिडविरुद्धको डर्बी खेल गुमाउने पुष्टि गरेको छ । म्याड्रिडले रिकभरी समय तोकेको छैन तर स्पेनिस रिपोर्टहरूका अनुसार रोड्रिगोले ग्रोइन समस्याको साथ लगभग 10 दिन गुमाउनेछन्, र अलाबालाई ह्यामस्ट्रिङ समस्याको साथ एक महिना मैदान बाहिर बस्नु पर्ने बताए । ब्राजिलियन फरवार्ड रोड्रिगोले मार्च २ मा बार्सिलोनासँगको कोपा डेल रे सेमिफाइनल भिडन्तको पहिलो लेग पनि गुमाउन सक्नेछन्, जबकि अस्ट्रियाका डिफेन्डर लिभरपुल टाईको दोस्रो लेगको लागि शंका छ। म्याड्रिडले मार्च 19 मा ला लिगा क्लासिकोमा बार्सिलोना भ्रमण गर्नु अघि मार्च 15 मा सान्टियागो बर्नाबेउमा योर्गेन क्लोपको पक्षलाई स्वागत गर्नेछ ।

युभेन्टसको जितमा डि मारियाको ह्याट्रिक

Image
 युरिपा लिग अन्तर्गत गएराती भएको खेलमा युभेन्टसले नान्ट्स माथी सहज जित निकालेको छ। जसमा युभेन्टसका अर्जेन्टिनी स्टार एन्जल डि मारियाले ह्याट्रिक पुरा गरे। उनले खेलको ५औ, २०औं र ७८औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन।  यो जित संगै अब युभेन्टस युरोपा लिगको अर्को चरणमा प्रवेश गरेको छ भने नान्ट्स प्रतियोगिताबाट बाहिरिएको छ। 

युनाइटेड द्वारा बार्सिलोना पराजित हुदै युरोपा लिगबाट बबाहिरीयो

Image
  युरोपा लिग अन्तर्गत बिहिबार राति भएको खेलमा म्यान्चेस्टर युनाईटेडले बार्सिलोनालाई पराजित गरेको छ। युनाइटेडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सुरुवाती अग्रता जोगाउन नसक्दा हार व्यहोर्नु पर्यो।  खेलको १८औं मिनेटमा बार्सिलोनाको लागि लेवान्डोस्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए तर दोस्रो हाफको दोस्रो र ७३औ मिनेटमा युनाइटेडले गोल गर्दै जित हासिल गरेको हो।  अब बार्सिलोना युरोपा लिगबाट बाहिरिएको छ भने युनाइटेड अर्को चरणमा पुगेको छ। 

स्टार डिफेन्डर सर्जीयो रामोसले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

Image
  स्पेनिस टिमका स्टार फुटबलर सर्जीयो रामोसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। आज एउटा भावपूर्ण पोष्ट शेयर गर्दै उनले अन्तर्राष्ट्रिय फूटबल बाट सन्यास लिएकाे जानकारी गराएका छन्। उनी स्पेनको मात्र नभई विश्वकै एक उत्कृष्ट डिफेन्डरका रुपमा चिनिन्छन्।  सन्यास लिने क्रममा उनले यस्तो लेखेका छन् "समय आयो। मेरो लागि स्पेन राष्ट्रिय टोलीलाई अलविदा गर्ने समय आएको छ। ला रोजा को लागी। आज बिहान, मैले वर्तमान मुख्य प्रशिक्षकबाट कल प्राप्त गरेको छु जसले मलाई जानकारी दिनुभयो कि म उहाँको योजनाको हिस्सा होइन र हुने छैन, मैले मेरो करियरमा कसरी प्रदर्शन गरे वा गरे पनि। भारी हृदयका साथ, यो एउटा सडकको अन्त्य हो जुन मैले आशा गरेको थिएँ कि यो अझै फैलिनेछ र जुन मेरो मुखमा अझ राम्रो स्वादको साथ समाप्त हुनेछ, हामीले ला रोजासँग हासिल गरेका सबै सफलताहरूको बराबरीमा। म इमानदारीपूर्वक विश्वास गर्छु कि यो यात्रा मेरो आफ्नै छनौटमा समाप्त हुन योग्य थियो वा मेरो प्रदर्शन हाम्रो राष्ट्रिय टोलीको लागि योग्यको स्तरमा थिएन। उमेरको प्रश्न वा अन्य कारणले होइन, यद्यपि मैले उनीहरूलाई प्रत्यक्ष रूपमा सुनेको छैन, म...

यस्तो हुनेछ आज म्यानचेस्टर युनाइटेड र बार्सिलोना को सम्भावित प्लेइङ ११

Image
  युरोपा लिगमा आज राति म्यानचेस्टर युनाइटेड र बार्सिलोना भिड्दै छन्। यि दुई टोली बिच खेल राति १:४५ बाजे युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडमा हुनेछ।  गर या मरको अवस्थामा रहेका यि दुई टोलीलाई आजको खेल इन्जुरी तथा खेल  प्रतिबन्धले सताउने छ। बार्सिलोनाका पहिलो रोजाइका मिडफिल्डर पेड्री र गाफी दुबै आजको खेल गुमाउने भएका छन्।  यस्तो हुनेछ आज म्यानचेस्टर युनाइटेड र बार्सिलोना को सम्भावित  प्लेइङ ११ Predicted Manchester United XI (4-2-3-1): De Gea; Wan-Bissaka, Varane, Martinez, Shaw; Casemiro, Fred; Fernandes, Weghorst, Sancho; Rashford. Predicted Barcelona XI (4-3-3): Ter Stegen; Kounde, Araujo, Christensen, Alba; Busquets, De Jong, Kessie; Raphinha, Lewandowski, Torres. Injured: Pedri, Dembele Suspended: Gavi

आज म्यानचेस्टर युनाइटेड र बार्सिलोना भिड्दै : दुवै टिमलाई जित्नै पर्ने दबाब

Image
  युरिपा लिग अन्तर्गत आज राति म्यानचेस्टर युनाइटेड र बार्सिलोना भिड्दै छन्। पहिलो लेग २ २ को बराबरी‌मा टुङ्गिएको हुनाले यो खेलमा दुवै टोलीलाई जित्नै पर्ने दबाब रहेको छ।  बार्सिलोनाका स्टार युवा जोडी गाभि र पेड्रिले ओल्ड ट्राफोर्डमा दोस्रो लेग गुमाउने छन्, पूर्व निलम्बित र पछि ह्यामस्ट्रिङ समस्याको साथ अनुपस्थित छन्। साथै बार्सिलोना उस्माने डेम्बेले बिना हुनेछ तर रोनाल्ड अराउजो प्रतिबन्धबाट फर्केका छन् र सर्जियो बुस्केट्स भर्खरैको घुँडाको समस्या पछि खेल्न फिट हुनेछन्। एरिक टेन ह्यागले बार्सिलोना विरुद्ध म्यानचेस्टर युनाइटेडको युरोपा लिगको भिडन्तमा विङ्गर एन्टोनी र कप्तान ह्यारी म्यागुइरेलाई फर्काउने अपेक्षा गरेका छन्। एन्टोनीले फेब्रुअरी ४ मा क्रिस्टल प्यालेस विरुद्धको २-१ को जितपछि खेलेका छैनन् र मागुइरेले आइतबारको लेस्टर विरुद्धको ३-० को जितमा सानो चोटका कारण  गुमाएका थिए। यद्यपि, टेन ह्याग भन्छन् कि एन्थोनी मार्शल - जसले यस सिजनमा सबै प्रतियोगिताहरूमा 14 पटक मात्र खेलेका छन् - अनुपस्थित रहन्छन्। खेल शुक्रबार राति १:४५ बजे म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडम...

नापोलीको उत्कृष्ट लय कायमै

Image
  इटालियन क्लब नापोलीले फ्रान्कफुटलाई २ ० गोल अन्तरले पराजित आफ्नो उत्कृष्ट लयलाई जारी राखेको छ। युइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराती फ्रान्कफुटको घरेलु मैदानमा भएको खेलमा नापोलीले २ ० गोल अन्तरले पराजित गरेको हो।  नापोलीका लागि Osimhen ले खेलको ४०औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको दोस्रो गोल ६५औ मिनेटमा Lorenzo ले गरेका थिए। 

लिभरपुलको धुलाई गर्दै रियल मड्रिडले गर्यो उत्कृष्ट कमब्याक जित

Image
  युइएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुल र रियल मड्रिड बिच भएको खेलमा रियल मड्रिडले उत्कृष्ट कमब्याक जित हासिल गरेको छ। लिभरपुलको घरेलु मैदान एन फिल्डमा भएको खेल रियलले ५ २ को फराकिलो गोलअन्तरले पराजित गर्यो। खेलको सुरुवाती १५ मिनेटमै २ गिलको अग्रता लिएको लिभरपुल त्यसपछि सम्हालिन नसक्दा हार व्यहोर्नु पर्यो।  लिभरपुलको लागि खेलको ४औ मिनेट मै Nunez ले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको १० मिनेट पछि १४औ मिनेटमा रियल मड्रिडका गोलकिपरको गल्तीमा Salah के गोल गर्दै टोलीलाई २ ० को अग्रता दिलाएका थिए।  यता रियल मड्रिडका लागि Vinicius Jr. ले खेलको २१औ मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काए। ३६औ मिनेटमा लिभरपुलका गोलकिपरले हानेको बल Vinicius Jr. लाई लागि गोल गयो र खेल २ २ को बराबरीमा आयो।  दोस्रो हाफको दोस्रो मिनेटमै इडर मिलिटायोले उत्कृष्ट हेडिङ गोल गर्दै टोलीलाई अग्रता दिलाए। लगत्तै खेलको ५५औ मिनेटमा रियल मड्रिडका लागि बेन्चमाले चौथो गोल गरे। &७औ मिनेटमा बेन्जमाले आफ्नो ब्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ५ २ गोल अन्तरमा पुर्याए। 

लिभरपुल बिरुद्ध खेल्ने रियल मड्रिडको तुफानी प्लेइङ ११ सार्वजनिक

Image
  युइएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुल बिरुद्ध हुने खेलका लागि रियल मड्रिडले आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ। यो खेल लिभरपुलको घरेलु मैदान एन फिल्डमा हुने छ। लिभरपुल बिरुद्धको खेलका लागि प्रशिक्षक कार्लो एन्सिलोटीले सम्पुर्ण पहिलो रोजाइका खेलाडी लाई मैदानमा उतार्ने छन्।  Playing XI  Goalkeeper : Courtois Defenders : Carvajalz Militao, Rudiger, Alaba Midfielders : Valverde, Modric, Camavinga  Forwards : Benzema, Vinicius, Rodrigo 

यस्तो हुनेछ लिभरपुल बिरुद्ध खेल्ने रियल मड्रिडको प्लेइङ ११

Image
  युइएफए च्याम्पियन्स लिग अन्तर्गत आज लिभरपुल र रियल मड्रिड बिच महाभिडन्त हुदै छ। खेल लिभरपुलको घरेलु मैदान एन फिल्डमा राति १:४५ बजेबाट शुरु हुने छ। गत सिजनको बिजेता रियक मड्रिड र लिभरपुल बिच भएका पछिल्ला ५ खेलमा रियल मड्रिडले ४ खेलमा जित हासिल गरेको छ भने १ खेल बराबरीमा रोकिएको छ।  आजको खेलमा रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सिलोटीले पहिलो रोजाइका खेलाडी नैदानमा उतार्ने निश्चित छ। तर उक्त टोलीमा स्टार मिडफिल्डर टोनी क्रुज, भरपर्दो लेफ्टब्याक फर्लान मेन्डि भने हुने छैनन्।  यस्तो हुनेछ लिभरपुल बिरुद्ध खेल्ने रियल मड्रिडको प्लेइङ ११ गोलकिपर - थिबाउट कोर्टुवा डिफेन्डर - इडर मिलिटो, एन्टोनियो रुदिगर, डेबिट अलाबा, ड्यानी कार्बाहाल मिडफिल्डर - लुका मोड्रिक, इडवार्डो कामाभिङ्गा,ड्यानी सेबायोस फरवार्ड - करिम बेन्जमा, भिनिसियस जुनियर, फेडे भाल्भर्डे 

लिभरपुल भर्सेस रियल मड्रिड : यस्तो छ हेड टु हेड तथ्यांक

Image
  युइएफए च्याम्पियन्स लिग अन्तर्गत आज लिभरपुल र रियल मड्रिड बिच महाभिडन्त हुदै छ। जहा इङ्लिस क्लब लिभरपुल रियल मड्रिड सङ्ग २०२१\२२ को च्याम्पियन्स लिग फाइनल हारको बदला लिने दाउमा हुने छ। यि दुई टोली बिच भएका पछिल्ला ५ खेलमा रियल मड्रिडले ४ खेलमा जित हासिल गरेको छ भने १ खेल बराबरीमा रोकिएको छ।  यस्तो छ यि दुई टोली बिच अन्तिम ५ हेड टु हेड खेल  May 29, 2022 - Liverpool 0 1 Real Madrid  April 15, 2021 - Liverpool 0 0 Real Madrid  April 7, 2021 - Real Madrid 3 1 Liverpool  May 27, 2018 - Real Madrid 3 1 Liverpool  Nov 5, 2014 -  Real Madrid 1 0 Liverpool 

उत्कृष्ट लयमा रहेको नापोली आज फ्राङ्कफुट सङ्ग खेल्दै

Image
 युईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति उत्कृष्ट लयमा रहेको नापोली र फ्राङ्कफुट भिड्दै छन्। फ्राङ्कफुटको घरेलु मैदानमा हुने खेल मङ्गलबार राति १:४५ बजे सुरु हुनेछ।  यस सिजन उत्कृष्ट लयमा रहेको नापोली इटालियन सिरी ए मा ६२ अङ्कका साथ दोस्रो स्थानको टोली सङ्ग १५ अङ्कको अग्रता रहेको छ। नापोली आफ्नो यो लयलाई कायम राख्न चाहन्छ भने फ्राङ्कफुट आफ्नो घरमा नापोलीको दिकार गर्न चाहन्छ। 

आज लिभरपुल र रियल मड्रिडको बिच महाभिडन्त हुदै

Image
  युइएफए च्याम्पियन्स लिग अन्तर्गत आज स्पेनिस महारथी रियल मड्रिड र इङ्लिस क्लब लिभरपुल बिच महाभिडन्त हुदै छ। खेल लिभरपुलको घरेलु मैदान एन फिल्डमा मङ्गलबार राति १:४५ बजेबाट शुरु हुने छ।  च्याम्पियन्स लिग २०२१\२२ को फाइनलमा रियल मड्रिडले लिभरपुललाई १ शून्य गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो। आज लिभरपुल उक्त हारको बदला लिने दाउमा हुनेछ। यता रियल मड्रिडका लागि भने स्टार मिडफिल्डर टोनी क्रुज, लेफ्ट ब्यक फर्लान मेन्डि उपलब्ध हुने छैनन्। 

स्टार खेलाडी बिनै लिभरपुल बिरुद्ध खेल्ने रियल मड्रिडको टोली घोषणा

Image
 युइएफए च्याम्पियन लिग अन्तर्गत मंगलबार राति हुने लिभरपुल बिरुद्ध खेल्ने टोली रियल मड्रिडले सार्वजनिक गरेको छ। लिभरपुलको घरेलु मैदान एन फिल्डमा हुने खेलमा रुयल मड्रिडका दुई मुख्य खेलाडी हुने छैनन् जसमा स्टार मिडफिल्डर टोनी क्रुज र  Aurélien  Tchouaméni छन।    रियल मड्रिडले सार्वजनिक गरेको खेलाडीहरुमा निम्नानुसार छन :- गोलकिपर : कोर्टुवा, लुनिन, लोपेज डिफेन्डर : कार्भाहाल, मिलिटो, अल्बा, नाच्चो, लुकास भास्केज, रुदिगर, ओर्डिओजोला, भालाउको मिडफिल्डर : मोड्रिक, कामाभिङ्गा, भालभर्डे, ड्यानी सेबाओस, मारियो मार्टिन, सर्जियो अरिबास फरवार्ड : बेन्जमा, भिनिसियस, रोद्रिगो, असेन्सियो, हाजार्ड, अल्भारो  

के मार्सेलो अल नासर जादै छन ? के हो त खास कुरा

Image
  अहिले ब्राजिलियन स्टार खेलाडी मार्सेलो साउदी अरेबियन क्लब अल नासर जाने हल्ला चलिरहेको छ। इटालियन पत्रकार  फब्रिजियो रोमानो का अनुसा यस   चरणमा अल नासर र मार्सेलो बीच कुनै वार्ता चलिरहेको छैन - उनको भविष्य खुला रहन्छ ओलम्पियाकोससँगको सम्झौता समाप्त भएपछि ब्राजिलियन लेफ्ट ब्याक अब विकल्पहरू खोज्दै छ, उनी नि:शुल्क स्थानान्तरणमा उपलब्ध छन् - अझै केही निर्णय गरिएको छैन।

बार्सिलोनाको उत्कृष्ट लय कायमै

Image
  क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा आफ्नो उत्कृष्ट लयलाई जारी राखेको छ । आइतबार राति भएको खेलमा काडिजलाई २-० गोलले हराउँदै बार्सिलोनाले लिगमा लगातार सातौँ जीत निकालेको हो । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन सेर्जी रोबेर्टो र रोबर्ट लेवान्डोस्कीले समान एक-एक गोल गरे । ४३ औं मिनेटमा रोबेर्टोले गोल गर्दै बार्सिलोनालाई १-० गोलको अग्रता दिलाएका थिए । इन्जुरी समयमा रोबेर्टोको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना २-० गोलले विजयी भयो । जीतसँगै बार्सिलोना २२ खेलबाट ५९ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत छ । समान खेलबाट २२ अंक जोडेको काडिज १७ औं स्थानमा रहेको छ 

अन्तिम समयमा मेस्सिको उत्कृष्ट फ्रिकिक गोलमा पियसजीको कठिन जित

Image
 फ्रेन्च लिग वान अन्तर्गत पियसजी र लिल बिच आज भएको खेलमा पियसजीले कठिन जित हासिल गरेको छ। कुल ७ गोल भएको खेलमा पियसजीका लागि खेलको ११औं र ८७औं मिनेटमा एम्बाप्पे, १७औं मिनेटमा नेइमार तथा थप समयको ५औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै टोलीलाई जित दिलाउन सफल भए।  भने लिलका लागि खेलको २४औं मिनेटमा Diakite, ५८औं मिनेटमा जोनाथान डेबिट र ६९औं मिनेटमा बाम्बाले गोल गरे। यो जित संगै पियसजीले दोस्रो स्थानको मार्सेली सङ्ग ८ अङ्कको अग्रता बनाएको छ।  

उत्कृष्ट कमब्याक जितका साथ आर्सनल शिर्ष स्थानमा

Image
 इङ्गलिस प्रिमियर लिग अन्तर्गत सनिबार भएको खेलमा आर्सनलले एस्टोन भिल्लालाई उत्कृष्ट कमब्याकका साथ जित हासिल गरेको छ। जम्मा ६ गोल भएको खेलमा एस्टोन भिल्लाको लागि खेलको ५औ मिनेटमा वाटकिन्सले गोल गर्दै एस्टोन भिल्लालाई घरेलज मैदानमा अग्रता दिलाएका थिए।  खेलको १६औं मिनेटमा साकाले गोल गर्दै खेललाई बराबरीमा ल्याए भने ३१औ मिनेटमा फिलिपे कोन्टिन्होले गोल गर्दै एस्टोन भिल्लालाई दोस्रो पटक अग्रता दिलाए।  त्यसपछि दोस्रो हाफमा खेलको ६१औ मिनेटमा जिन्चेन्कोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेेलको इन्जुरी समयमा ९३औ मिनेटमा गोलकिपर मार्टिनेजले own गोल गरे र आर्सनलले अग्रता लियो। आर्सनलका लागि चौथो गोल खेलको ९८औ मिनेटमा ग्याबरियल मार्टिनेली ले गरे।  यो जित संगै आर्सनल शिर्ष स्थानमा उक्लेको छ। 

यस्तो हुनेछ भारत विरुद्ध खेल्ने नेपालको सुरुवाती ११

Image
  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत नेपालले भारत विरुद्ध खेल्ने सुरुवाती ११ सार्वजनिक गरेको छ। टोलीकी भरपर्दो डिफेन्डर गिता राना चोटका कारण बाहिर छिन। टोलीमा कप्तान तथा गोलकिपर  एन्जिला, हिरा भुजेल, बिमला विक, अम्रिता जैसी, समिक्षा घिमिरे, सरु लिम्बु, अनिता केसी, बिमला चौधरी, अमिशा कार्की, रोशनी घिसिङ र साबित्रा भन्डारी रहेका छन्। भने प्रिती राई, दिपा शाही तथा अनिता बस्नेत जस्ता खेलाडी बेन्चमा छन। 

आज नेपाल भारतसँग भिड्दै

Image
  नेपाल र भारतले मैत्रीपूर्ण फुटबल अन्तर्गत दोस्रो म्याच आज खैल्दै छन् यी दुई टोलीबीचको खेल चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा राति ७:४५ देखि सुरु हुनेछ नेपाल र भारतले अघिल्लो खेलमा २-२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । सो खेलमा २-० ले पछि परेको नेपालले अन्तिममा उच्च प्रदर्शन गर्दै भारतलाई २-२ को बराबरीमा रोकेको थियो।

रोनाल्डोको २ असिस्टमा अल नासरको जित

Image
 साउदी प्रो लिग आज भएको अल नासर र अल ताओउन बिचक‌ो खेलमा अल नासरले २ १ को जित हासिल गरेको छ। अल नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले २ असिस्ट गरे। रोमाञ्चक बनेको खेलमा खेलको १८औं मिनेटमा अल नासरको लागि रोनाल्डोको असिस्टमा गरिबले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफको दोस्रो मिनेटमै अल ताओउनका लागि अल्गोभारो मेड्रानले गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलको ८२औं मिनेटमा अल नासरका लागि मोहम्मद माडुले गोल गर्दै अग्रता दिलाए जसमा रोनाल्डोको दोस्रो असिस्ट थियो।  यो जित संगै ४० अङ्कका साथ लिगको शीर्ष स्थानमा पुगेको छ। 

गरिबको गोलमा पहिलो हाफमा अल नासरलाई अग्रता

Image
  साउदी प्रो लिग अन्तर्गत लिगको १७औं साताको खेलमा क्रिस्टियानो रोनाल्डोको टिम अल नासरले अल ताओउन विरुद्ध अग्रता लिएको छ। खेलको १७औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोको सुन्दर असिष्टमा  अब्दुलरहमान गरिब ले गोल गर्दै अग्रता दिलाएका छन्।

यस्तो हुनेछ अल ताओउन सङ्ग खेल्ने अल नासरको सुरुवाती ११

Image
  साउदी प्रो लिग अन्तर्गत लिगको १७औं साताको खेलमा क्रिस्टियानो रोनाल्डोको टिम अल नासरले अल ताओउन सङ्ग खेल्ने सुरुवाती ११ सार्वजनिक गरेको छ।  जस अन्तर्गत कप्तान क्रिस्टियानो रोनाल्डो तथा अन्य खेलाडीहरुमा Nawaf, Sultan, Mado, Alamri, Konan, Gustavo, Alhassan, Ghareeb, Ayman र  Sami छन्। खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ। 

आज अल नासर र अल ताओउन भिड्दै

Image
  साउदी प्रो लिगमा आज क्रिस्टियानो रोनाल्डो क्लब अल नासरले सिजनको १७औं साताको खेल अन्तर्गत अल ताओउनको सामना गर्दै छ। आजको खेल जितेको खण्डमा ३७ अङ्कका साथ  तेस्रो स्थानमा रहेको अल नासर ४० अङ्क बनाई अङ्क तालिकामा शीर्ष स्थानमा पुग्ने छ। अल नासर पछिल्ला ५ खेलमा अपराजित रहेको छ। यो खेल अल नासरको घरेलु मैदानमा नेपाली समय अनुसार राति ८:४५ बजे बाट सुरु हुनेछ। 

बार्सिलोना र म्यानचेस्टर युनाइटेडको बराबरी

Image
  युरोपा लिग अन्तर्गत गएराती भएको खेलमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड २ २ को बराबरी खेलेका छन्। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा खेलको पहिलो हाफमा कुनै पनि गोल हुन सकेन।  दोस्रो हाफको ५औं मिनेटमा बार्सिलोनाको लागि Alonso ले पहिलो गोल गरे। त्यसको लगत्तै म्यानचेस्टर युनाइटेड ‌का लागि Rashford ले ५२औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको  ५९औं मिनेटमा बार्सिलोनाको लागि Kounde ले own goal गर्दा युनाइटेडले अग्रता लियो। त्यसपछि खेलको ७६औं मिनेटमा बार्सिलोनाको लागि Raphinha ले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए र थप समयमा कुनै पनि टिमबाट गोल हुन सकेन। 

युरोपा लिग खेल्ने बार्सिलोनाको सुरुवाती ११ सार्वजनिक

Image
 युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड सङ्ग खेल्ने सुरुवाती ११ खेलाडी सार्वजनिक गरेको छ। बिहिबार राति ११:३० बाट सुरु हुने खेलमा गोल पोष्ट पहिलो रोजाइका गोलकिपर Ter stegen ले सम्हाल्ने छन् भने रक्षापङ्ति J. Kounde, R. Araùjo, M. Alonso तथा J Alba ले सम्हाल्ने छन। यसै अन्य खेलाडीमा Pedri, Gavi, De jong, Kessie, Raphinha, Lewandowski छन।  यसैगरी म्यानचेस्टर युनाइटेडको सुरुवाती ११ मा गोलकिपर De gea तथा अन्य खेलाडीहरुमा Rashford, Casemiro, Varane, Burno Fernandes, Fred, Sancho, Luke shaw, Malacia, Wan bisaka र weghorst छन्। 

युरोपा लिगमा आज बार्सिलोना र म्यानचेस्टर युनाइटेड भिड्दै

Image
यूईएफए युरोपा लिग फुटबलमा आज अन्तिम १६ प्रवेशका लागि नकआउट प्ले अफ चरणका खेलहरू हुँदैछन् । १६ टिमले ८ खेलमा प्लेफ खेल्नेछन् प्लेअफमा युरोपा लिगको समूह चरणका खेलमा दोस्रो स्थानमा रहेका ८ टिम (C समूहका ८ टिम) र च्याम्पियन्स लिगको समूह चरणका तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट आउट भएका ८ (८ समूहका ८ टिम) टिम गरी १६ टिमबी ड्र गराइन्छ । यो प्लेअफ खेलेर विजेता बनेका टिमले युरोपा लिगको समूह चरणमा आफ्नो समूहको विजेता बनेर सोझै अन्तिम १६ प्रवेश गरेका ८ टिम बीच ड्र गराइन्छ । यसको अर्थ युरोपा लिगको समूह चरणमा समूह विजेता बनेका ८ टिमले सोझै अन्तिम १६ मा प्रवेश पाउँछन् तर, दोस्रो स्थानमा रहेका ८ टिमले भने च्याम्पियन्स लिगको समूह चरणमा तेस्रो बनेर आउट भएका टिमसँग प्लेअफमा प्रतिस्र्धा गर्नुपर्छ । यो प्लेअफ जितेका टिमले सोझै युरोपा लिगको समूह चरणमा विजेता बनेका टिमसँग खेल्नुपर्ने छ । प्लेअफमा पनि होम एन्ड अवे गरी २ लेगका खेल हुनेछन् । जहाँ समग्रमा जित निकाल्ने टिम अन्तिम १६ मा प्रवेश गर्नेछन् । नकआउट प्ले अफ चरणका ८ वटा सबै खेल आज राति दुई फरक-फरक समयमा हुनेछन् ४ खेल एक समय र बाँकी ४ खेल अर्को समयमा हु...