साउदीको क्लबमा आबद्ध भएका रोनाल्डोलाई डेब्यु खेलने प्रतिबन्ध
- Get link
- Other Apps
साउदीको क्लबमा आबद्ध भएका रोनाल्डोलाई डेब्यु खेलने प्रतिबन्ध
खेलकुद इतिहाँसमै सवैभन्दा वढि तलव लिएर साउदी अरेबियन टोली अल नासर क्लबसँग जोडिए पछि क्रिस्टियानो रोनाल्डोले डेब्यु खेलनै खेल्न नपाउने भएका छन् ।
साउदी प्रो लिगअन्तर्गत मिसूल पार्कमा अल ताइविरुद्ध आफ्नो पहिलो खेल खेल्न तयार रहेका ३७ वर्षीय रोनाल्डोलाइ प्रतिबन्धको जानकारी दिइएको हो
नोभेम्बरमा, रोनाल्डोलाई इङ्लिस एफएले अनुचित र हिंसात्मक आचरणमा दोषी ठहर गरेको थियो त्यो समयमा एभर्टनसँगको हारपछि उनले एक किशोर प्रशंसकको फोन तोडफोड गरेकोमा दुई खेलका लागि निलम्बन गरिएको थियो ।
भिडिओ फुटेजमा रोनाल्डोले किशोरको हातबाट फोन झिकेर भुइँमा चकनाचुर गर्दै खेल सकिएपछि सुरुङबाट तल झरेको देखाइएको छ उनलाई प्रतिबन्धसँगै ५० हजार पाउन्ड जरिवाना गरिएको थियो
रोनाल्डोले अब साउदी प्रो लिगमा दुई खेलको प्रतिबन्ध भोग्नुपर्नेछ र अल-ताई र अल-शबाबविरुद्धको अर्को दुई खेलबाट बाहिर बस्नुपर्नेछ ।
- Get link
- Other Apps
Comments
Post a Comment