Posts

ईएल क्लासिको खेल्ने रियल मड्रिड र बार्सिलोनाको टोली घोषणा : कोको परे त ?

Image
  कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनल खेलको लागि रियल मड्रिड र बार्सिलोनाले टोली घोषणा गरेका छन्। सेमिफाइनलको पहिलो लेग रियल मड्रिड ‌को घरेलु मैदान सान्टियागो बर्नाबेउमा नेपाली समयअनुसार बिहिबार राति १:४५ बाजे हुनेछ।  Real Madrid Squad  Courtois,Lunin, Kroos, Modrić, Camavinga ,Valverde, Tchouameni, Carvajal, D. Ceballos, E. Militão, Vallejo, Hazard, Nacho, Benzema,Odriozola, Asensio, Lucas V., Vini Jr., Rüdiger, Rodrygo,Mariano,Álvaro Barcelona Squad  1 TER STEGEN,  20 S. ROBERTO 4 R. ARAUJO 21 F. DE JONG 5 SERGIO 22 RAPHINHA 6 GAVI 23 KOUNDE 10 ANSU FATI 24 ERIC 11 FERRAN 28 BALDE 13 IÑAKI PEÑA 32 PABLO TORRE 15 CHRISTENSEN  36 ARNAU TENAS 17 MARCOS A. 38 A. ALARCÓN 18 JORDI ALBA  39 ESTANIS 19 KESSIE

युभेन्टसको जितमा डि मारियाको ह्याट्रिक

Image
 युरिपा लिग अन्तर्गत गएराती भएको खेलमा युभेन्टसले नान्ट्स माथी सहज जित निकालेको छ। जसमा युभेन्टसका अर्जेन्टिनी स्टार एन्जल डि मारियाले ह्याट्रिक पुरा गरे। उनले खेलको ५औ, २०औं र ७८औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन।  यो जित संगै अब युभेन्टस युरोपा लिगको अर्को चरणमा प्रवेश गरेको छ भने नान्ट्स प्रतियोगिताबाट बाहिरिएको छ। 

युनाइटेड द्वारा बार्सिलोना पराजित हुदै युरोपा लिगबाट बबाहिरीयो

Image
  युरोपा लिग अन्तर्गत बिहिबार राति भएको खेलमा म्यान्चेस्टर युनाईटेडले बार्सिलोनालाई पराजित गरेको छ। युनाइटेडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सुरुवाती अग्रता जोगाउन नसक्दा हार व्यहोर्नु पर्यो।  खेलको १८औं मिनेटमा बार्सिलोनाको लागि लेवान्डोस्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए तर दोस्रो हाफको दोस्रो र ७३औ मिनेटमा युनाइटेडले गोल गर्दै जित हासिल गरेको हो।  अब बार्सिलोना युरोपा लिगबाट बाहिरिएको छ भने युनाइटेड अर्को चरणमा पुगेको छ। 

स्टार डिफेन्डर सर्जीयो रामोसले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

Image
  स्पेनिस टिमका स्टार फुटबलर सर्जीयो रामोसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। आज एउटा भावपूर्ण पोष्ट शेयर गर्दै उनले अन्तर्राष्ट्रिय फूटबल बाट सन्यास लिएकाे जानकारी गराएका छन्। उनी स्पेनको मात्र नभई विश्वकै एक उत्कृष्ट डिफेन्डरका रुपमा चिनिन्छन्।  सन्यास लिने क्रममा उनले यस्तो लेखेका छन् "समय आयो। मेरो लागि स्पेन राष्ट्रिय टोलीलाई अलविदा गर्ने समय आएको छ। ला रोजा को लागी। आज बिहान, मैले वर्तमान मुख्य प्रशिक्षकबाट कल प्राप्त गरेको छु जसले मलाई जानकारी दिनुभयो कि म उहाँको योजनाको हिस्सा होइन र हुने छैन, मैले मेरो करियरमा कसरी प्रदर्शन गरे वा गरे पनि। भारी हृदयका साथ, यो एउटा सडकको अन्त्य हो जुन मैले आशा गरेको थिएँ कि यो अझै फैलिनेछ र जुन मेरो मुखमा अझ राम्रो स्वादको साथ समाप्त हुनेछ, हामीले ला रोजासँग हासिल गरेका सबै सफलताहरूको बराबरीमा। म इमानदारीपूर्वक विश्वास गर्छु कि यो यात्रा मेरो आफ्नै छनौटमा समाप्त हुन योग्य थियो वा मेरो प्रदर्शन हाम्रो राष्ट्रिय टोलीको लागि योग्यको स्तरमा थिएन। उमेरको प्रश्न वा अन्य कारणले होइन, यद्यपि मैले उनीहरूलाई प्रत्यक्ष रूपमा सुनेको छैन, म...

यस्तो हुनेछ आज म्यानचेस्टर युनाइटेड र बार्सिलोना को सम्भावित प्लेइङ ११

Image
  युरोपा लिगमा आज राति म्यानचेस्टर युनाइटेड र बार्सिलोना भिड्दै छन्। यि दुई टोली बिच खेल राति १:४५ बाजे युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडमा हुनेछ।  गर या मरको अवस्थामा रहेका यि दुई टोलीलाई आजको खेल इन्जुरी तथा खेल  प्रतिबन्धले सताउने छ। बार्सिलोनाका पहिलो रोजाइका मिडफिल्डर पेड्री र गाफी दुबै आजको खेल गुमाउने भएका छन्।  यस्तो हुनेछ आज म्यानचेस्टर युनाइटेड र बार्सिलोना को सम्भावित  प्लेइङ ११ Predicted Manchester United XI (4-2-3-1): De Gea; Wan-Bissaka, Varane, Martinez, Shaw; Casemiro, Fred; Fernandes, Weghorst, Sancho; Rashford. Predicted Barcelona XI (4-3-3): Ter Stegen; Kounde, Araujo, Christensen, Alba; Busquets, De Jong, Kessie; Raphinha, Lewandowski, Torres. Injured: Pedri, Dembele Suspended: Gavi

आज म्यानचेस्टर युनाइटेड र बार्सिलोना भिड्दै : दुवै टिमलाई जित्नै पर्ने दबाब

Image
  युरिपा लिग अन्तर्गत आज राति म्यानचेस्टर युनाइटेड र बार्सिलोना भिड्दै छन्। पहिलो लेग २ २ को बराबरी‌मा टुङ्गिएको हुनाले यो खेलमा दुवै टोलीलाई जित्नै पर्ने दबाब रहेको छ।  बार्सिलोनाका स्टार युवा जोडी गाभि र पेड्रिले ओल्ड ट्राफोर्डमा दोस्रो लेग गुमाउने छन्, पूर्व निलम्बित र पछि ह्यामस्ट्रिङ समस्याको साथ अनुपस्थित छन्। साथै बार्सिलोना उस्माने डेम्बेले बिना हुनेछ तर रोनाल्ड अराउजो प्रतिबन्धबाट फर्केका छन् र सर्जियो बुस्केट्स भर्खरैको घुँडाको समस्या पछि खेल्न फिट हुनेछन्। एरिक टेन ह्यागले बार्सिलोना विरुद्ध म्यानचेस्टर युनाइटेडको युरोपा लिगको भिडन्तमा विङ्गर एन्टोनी र कप्तान ह्यारी म्यागुइरेलाई फर्काउने अपेक्षा गरेका छन्। एन्टोनीले फेब्रुअरी ४ मा क्रिस्टल प्यालेस विरुद्धको २-१ को जितपछि खेलेका छैनन् र मागुइरेले आइतबारको लेस्टर विरुद्धको ३-० को जितमा सानो चोटका कारण  गुमाएका थिए। यद्यपि, टेन ह्याग भन्छन् कि एन्थोनी मार्शल - जसले यस सिजनमा सबै प्रतियोगिताहरूमा 14 पटक मात्र खेलेका छन् - अनुपस्थित रहन्छन्। खेल शुक्रबार राति १:४५ बजे म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडम...

नापोलीको उत्कृष्ट लय कायमै

Image
  इटालियन क्लब नापोलीले फ्रान्कफुटलाई २ ० गोल अन्तरले पराजित आफ्नो उत्कृष्ट लयलाई जारी राखेको छ। युइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराती फ्रान्कफुटको घरेलु मैदानमा भएको खेलमा नापोलीले २ ० गोल अन्तरले पराजित गरेको हो।  नापोलीका लागि Osimhen ले खेलको ४०औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको दोस्रो गोल ६५औ मिनेटमा Lorenzo ले गरेका थिए। 

लिभरपुलको धुलाई गर्दै रियल मड्रिडले गर्यो उत्कृष्ट कमब्याक जित

Image
  युइएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुल र रियल मड्रिड बिच भएको खेलमा रियल मड्रिडले उत्कृष्ट कमब्याक जित हासिल गरेको छ। लिभरपुलको घरेलु मैदान एन फिल्डमा भएको खेल रियलले ५ २ को फराकिलो गोलअन्तरले पराजित गर्यो। खेलको सुरुवाती १५ मिनेटमै २ गिलको अग्रता लिएको लिभरपुल त्यसपछि सम्हालिन नसक्दा हार व्यहोर्नु पर्यो।  लिभरपुलको लागि खेलको ४औ मिनेट मै Nunez ले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको १० मिनेट पछि १४औ मिनेटमा रियल मड्रिडका गोलकिपरको गल्तीमा Salah के गोल गर्दै टोलीलाई २ ० को अग्रता दिलाएका थिए।  यता रियल मड्रिडका लागि Vinicius Jr. ले खेलको २१औ मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काए। ३६औ मिनेटमा लिभरपुलका गोलकिपरले हानेको बल Vinicius Jr. लाई लागि गोल गयो र खेल २ २ को बराबरीमा आयो।  दोस्रो हाफको दोस्रो मिनेटमै इडर मिलिटायोले उत्कृष्ट हेडिङ गोल गर्दै टोलीलाई अग्रता दिलाए। लगत्तै खेलको ५५औ मिनेटमा रियल मड्रिडका लागि बेन्चमाले चौथो गोल गरे। &७औ मिनेटमा बेन्जमाले आफ्नो ब्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ५ २ गोल अन्तरमा पुर्याए।