Posts

ईएल क्लासिको खेल्ने रियल मड्रिड र बार्सिलोनाको टोली घोषणा : कोको परे त ?

Image
  कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनल खेलको लागि रियल मड्रिड र बार्सिलोनाले टोली घोषणा गरेका छन्। सेमिफाइनलको पहिलो लेग रियल मड्रिड ‌को घरेलु मैदान सान्टियागो बर्नाबेउमा नेपाली समयअनुसार बिहिबार राति १:४५ बाजे हुनेछ।  Real Madrid Squad  Courtois,Lunin, Kroos, Modrić, Camavinga ,Valverde, Tchouameni, Carvajal, D. Ceballos, E. Militão, Vallejo, Hazard, Nacho, Benzema,Odriozola, Asensio, Lucas V., Vini Jr., Rüdiger, Rodrygo,Mariano,Álvaro Barcelona Squad  1 TER STEGEN,  20 S. ROBERTO 4 R. ARAUJO 21 F. DE JONG 5 SERGIO 22 RAPHINHA 6 GAVI 23 KOUNDE 10 ANSU FATI 24 ERIC 11 FERRAN 28 BALDE 13 IÑAKI PEÑA 32 PABLO TORRE 15 CHRISTENSEN  36 ARNAU TENAS 17 MARCOS A. 38 A. ALARCÓN 18 JORDI ALBA  39 ESTANIS 19 KESSIE

चेल्सीको बिजोक : १ महिनामा १ गोल

Image
  इङ्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा टोटनह्यामले चेल्सी विरुद्ध २ ० को जित निकालेको छ। टोटनह्यामको जितमा स्किपले खेलको ४६औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो गोल ह्यारी केनले खेलको ८६औ मिनेटमा गरि टोलीलाई दोब्बरको अग्रता दिलाएका थिए।  यो हार संगै चेल्सीले लगातार तेस्रो हार बेहोरेको छ। यो सिजन खराब लयमा गुज्रिरहेको चेल्सीले यो फेब्रुअरी महिनामा मात्र १ गोल गरेको छ ।

रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित : उक्लियो शीर्षस्थानमा

Image
  साउदी प्रो लिग अन्तर्गत अल नासरले जित हासिल गरेको छ। स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गोल सङ्गै अल नासरले जित हासिल गरेको हो।  डेमाकल घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले १८औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए लगत्तै त्यसको ५ मिनेट पछि अर्को उत्कृष्ट गोल गर्दै टोलीलाई २ गोलको अग्रता दिलाए भने तेस्रो गोल खेलको ४४औ मिनेटमा गर्दै ह्याट्रिक पुरा गरे।  अब यो जित संगै अल नासर शिर्ष स्थानमा उक्लेको छ। 

पहिलो हाफमै रोनाल्डोको ह्याट्रिक

Image
  साउदी प्रो लिग अन्तर्गत अल नासर र डेमाक विरुद्धको खेलमा पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन्। डेमाकको घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले १८औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। लगत्तै त्यसको ५ मिनेट पछि अर्को उत्कृष्ट गोल गरे।र ४४औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका छन्। 

ला लिगामा आज रियल मड्रिड र एथ्लेटिको मड्रिड भिड्दै

Image
  ला लिगामा आज रियल मड्रिड र एथ्लेटिको मड्रिड बिच खेल हुदै छ। खेल रियल मड्रिडको घरेलु मैदानमा नेपाली समय अनुसार शनिबार राति ११:१५ बजेबाट शुरु हुने छ।  https://silldisappoint.com/z04grs8r?key=bf2954800f50c406f997283ff0bd9529 आजको खेल जिती रियल मड्रिडले बार्सिलोना सँगको अङ्क दुरी कम गर्न चाहन्छ तर रियलका लागि भने यो सजिलो छैन। आफ्ना सम्पुर्ण पहिलो रोजाइका खेलाडी लाई मैदानमा उतार्ने एथ्लेटिको मड्रिड सङ्ग खेल्दा भने रियल मड्रिडका केही महत्वपूर्ण खेलाडी हुने छैनन्। जसमा युवा फरवार्ड रोड्रिगो, डिफेन्डर डेबिड अलाबा र फर्लान मेन्डि छन्। 

आज रोनाल्डोको अल नासर खेल्दै

Image
साउदी प्रो लिग अन्तर्गत आज क्रिस्टियानो रोनाल्डोको अल नासर र डेमाक भिड्दै छन् । डेमाकको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार शनिबार राति ९:१५ बजे सुरु हुनेछ। आजको खेलका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो उपलब्ध हुने छन्। आजको खेल जिते रोनाल्डोको टिम अल नासर अङ्क तालिकाको शीर्ष स्थानमा पुग्ने छ।   

एथ्लेटिको मड्रिड सङ्ग खेल्नु अघि रियल मड्रिडलाई चोटले सतायो

Image
  ला लिगा अन्तर्गत एथ्लेटिको मड्रिड सङ्ग खेल्नु अघि रियल मड्रिडका प्रमुख २ खेलाडी घाइते भएका छन्। च्याम्पियन्स लिगमा लिभरपुल बिरुद्धको खेलमा युवा फरवार्ड रोड्रिगो र डिफेन्डर डेबिड अलाबा चोटका कारण मैदान छाडेका थिए।  त्यसै त चोटले सताएको मड्रिडलाई यि खेलाडी चोटिल हुँदा झन समस्या थपिएको छ । रियल म्याड्रिडका जोडी डेभिड अलाबा र रोड्रिगोले चोटका कारण शनिबार हुने एट्लेटिको म्याड्रिडविरुद्धको डर्बी खेल गुमाउने पुष्टि गरेको छ । म्याड्रिडले रिकभरी समय तोकेको छैन तर स्पेनिस रिपोर्टहरूका अनुसार रोड्रिगोले ग्रोइन समस्याको साथ लगभग 10 दिन गुमाउनेछन्, र अलाबालाई ह्यामस्ट्रिङ समस्याको साथ एक महिना मैदान बाहिर बस्नु पर्ने बताए । ब्राजिलियन फरवार्ड रोड्रिगोले मार्च २ मा बार्सिलोनासँगको कोपा डेल रे सेमिफाइनल भिडन्तको पहिलो लेग पनि गुमाउन सक्नेछन्, जबकि अस्ट्रियाका डिफेन्डर लिभरपुल टाईको दोस्रो लेगको लागि शंका छ। म्याड्रिडले मार्च 19 मा ला लिगा क्लासिकोमा बार्सिलोना भ्रमण गर्नु अघि मार्च 15 मा सान्टियागो बर्नाबेउमा योर्गेन क्लोपको पक्षलाई स्वागत गर्नेछ ।

युभेन्टसको जितमा डि मारियाको ह्याट्रिक

Image
 युरिपा लिग अन्तर्गत गएराती भएको खेलमा युभेन्टसले नान्ट्स माथी सहज जित निकालेको छ। जसमा युभेन्टसका अर्जेन्टिनी स्टार एन्जल डि मारियाले ह्याट्रिक पुरा गरे। उनले खेलको ५औ, २०औं र ७८औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन।  यो जित संगै अब युभेन्टस युरोपा लिगको अर्को चरणमा प्रवेश गरेको छ भने नान्ट्स प्रतियोगिताबाट बाहिरिएको छ।